काठमाडौं : चिलिमे हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ६५ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.५८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले ६४ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी घटेको छ भने र नाफा सामान्य बढेको हो ।
असार मसान्तसम्म कम्पनीले विद्युत् बिक्री मार्फत एक अर्ब १२ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस्तो आम्दानी ०.२८ प्रतिशत कम हो । अघिल्लो वर्ष कम्पनीले विद्युत् बिक्रीबाट एक अर्ब १२ करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
त्यस्तै अघिल्लो वर्ष २४ करोड ७२ लाख रुपैयाँ रहेको कम्पनीको वित्तीय आम्दानी घटेर १६ करोड ११ लाख रुपैयाँमा झरेको छ । यस अवधिमा कम्पनीको सञ्चालन नाफा ४.४२ प्रशिततले बढेको छ भने अन्य आम्दानी ८.७२ प्रतिशतले घटेको छ ।
चौथोसम्म आइपुग्दा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७७ पैसा घटेर ८ रुपैयाँ १८ पैसा झरेको छ ।
यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ १९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५७.४३ गुणा रहेको छ ।
असार मसान्तसम्म आइपुग्दा ७ अर्ब ९८ करोड ३९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको हाइड्रोपावरको रिटेन अर्निङ २ अर्ब ८० करोड ९७ लाख रुपैयाँ रहेको छ ।
Advertisment