Below Menu
Below Menu

लुम्बिनी विकास बैंकको ४३ हजार २९९ कित्ता शेयर सर्वसाधारणमा जारी

लुम्बिनी विकास बैंकको ४३ हजार २९९ कित्ता शेयर सर्वसाधारणमा जारी

काठमाडौं : लुम्बिनी विकास बैंकले ४३ हजार २९९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी र सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । 

यसअघि असार १६ गते विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बैंकले शेयर बिक्रीमा ल्याएको थियो । ३५ दिनभित्र आवेदन पेश गर्न सकिने गरी बिक्रीमा ल्याएको शेयरमा विद्यमान संस्थापक शेयरधनीहरूबाट आवदेन नपरेपछि अन्य व्यक्ति तथा संस्थामा बिक्रीमा ल्याइएको हो । 

इच्छुक खरिदकर्ताहरूले आगामी १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । 

Advertisment

थप समाचार