Below Menu
Below Menu

एक अर्ब दश करोड रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक  

एक अर्ब दश करोड रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक  

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको एब अर्ब बढी रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै पेन्सन तथा उपदान कोषको एक अर्ब १० करोड रुपैयाँ छ महिनाको लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो ।

कोषको उक्त रकम २०८१ भदौ ४ गतेदेखि २०८१ चैत ९ गतेसम्म २१५ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त्रैमासिक रुपमा भुक्तानी हुने गरी लगानी गर्न लागेको सूचनामा उल्लेख छ ।

बैंकले कोषमा रहेको रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकमा ८८ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा १६ करोड ५० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ५ करोड ५० लाख रुपैयाँ मुद्दती निक्षेपमार्फत लगानी गर्न लागेको हो । 

बैंकका अनुसार मुद्दती निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले तोकिएको न्युनतम पुँजीकोष अनुपात कायम रहेको हुनुपर्नेछ ।

त्यस्तै, निष्क्रिय कर्जा कमसल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम हनुपर्ने, सिडि रेसियो अनुपात बैंकले समय समयमा निर्धारण गरेको सिमा भित्र रहेको हनुपर्नेछ । बैंकले उक्त निक्षेप लिनका लागि सिलबन्दी फारम भरी साउन २५ गते ७ बजेभित्र आवेदन दिन आग्रह गरेको छ ।
 

Advertisment

थप समाचार