काठमाडौं : जीवन बीमा कम्पनीहरुले एक वर्षमा डेढ खर्बको व्यापार गरेका छन् । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीहरुले एक खर्ब ५६ अर्ब ५० करोड १२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार गत आवमा राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब ७१ करोड ४८ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ भने नेशनल लाइफले १९ अर्ब २० करोड ३५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
त्यस्तै यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले ४० अर्ब ८५ करोड ५ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनले १८ अर्ब १० करोड ७५ लाख, मेट लाइफले ५ अर्ब ६७ करोड ८९ लाख, एशियन लाइफले ८ अर्ब ५ करोड ४८ लाख र आईएमइई लाइफ इन्स्योरेन्सले ४ अर्ब ७४ करोड १२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
त्यसैगरी असार मसान्तसम्म सन नेपाल लाइफले ३ अर्ब ८८ करोड ५४ लाख, रिलायबल नेपाल लाइफले ४ अर्ब २० करोड ९० लाख, सिटिजन लाइफले ६ अर्ब २१ करोड ५३ लाख र सूर्यज्योति लाइफ इन्स्योरेन्सले ९ अर्ब ५० करोड ७ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
गत आवमा सानिमा रिलायन्स लाइफले ६ अर्ब १८ करोड ९० लाख, हिमालयन लाइफले १६ अर्ब ६० करोड ८० लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्सले ४ अर्ब ३७ करोड २३ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
लघुबीमाले गरे करिब १७ करोडको व्यापार
प्राधिकरणका अनुसार लघुबीमा कम्पनीहरुले पनि व्यवसाय विस्तारमा तीव्रता दिइरहेका छन् । असार मसान्तसम्म कम्पनीहरुले एक लाख ६ हजार ८५७ बीमालेख जारी गरी १६ करोड ९७ लाख ८३ हजार रुपैयाँको व्यवसाय गरेका छन् ।
यस अवधिमा गार्डियन माइक्रो लाइफले ३० हजार ७१२ बीमालेख जारी गरी चार करोड २२ लाख रुपैयाँ, क्रेष्ट माइक्रो लाइफले ५८ हजार ८६६ बीमालेख जारी गरी ९ करोड ७६ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले दुई करोड ९९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ ।
Advertisment