Below Menu
Below Menu

हिमालय ऊर्जा विकास कम्पनीको हकप्रद सेयर आजदेखि बिक्रीमा

हिमालय ऊर्जा विकास कम्पनीको हकप्रद सेयर आजदेखि  बिक्रीमा

काठमाडौं : हिमालय ऊर्जा विकास कम्पनीको हकप्रद सेयर बिक्री आजदेखि खुला भएको छ । कम्पनीले १ः१ अनुपातमा ९९ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । जसअनुसार यस कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ९९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हाे ।  

हकप्रद सेयरको लागि कम्पनीले असार २० गते बुक क्लोज गरिसकेको छ । असार १९ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । हिमालय ऊर्जाले जारी गरेको हकप्रद सेयरमा लगानीकर्ताले भदौ १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

हाल यस कम्पनीको चुक्ता पुँजी ९९ करोड रुपैयाँ रहेको छ । उक्त हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ । 

यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ । यसको हकप्रद सेयरमा नबिल इन्भेष्टमेन्ट बैंकिंङले बिक्री प्रबन्धकको काम गरेको छ ।

 

Advertisment

थप समाचार