काठमाडौं : कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले खरिद गर्न पाउने गरी एक लाख ६ हजार ६३६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
बैंकको शेयर खरिद गर्न इच्छुक शेयरधनीले आफूले किन्न चाहेको शेयर विवरण खुलाई काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र निवेदन दिनु पर्नेछ ।
तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थाका लागि शेयर बिक्री गरिने बैंकले जनाएको छ ।
Advertisment