काठमाडौं : नागरिक लगानी कोष लिमिटेडको नाफामा गिरावट आएको छ । गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार कोषले १ अर्ब १० करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.९१ प्रतिशतले कम हो ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा कोषले १ अर्ब २२ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा कोषको खुद ब्याज आम्दानी भने १९.५ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा ५.२५ प्रतिशतले बढेको छ । कोषको खर्च र करको रकमा बृद्धिले नाफा घटेको हो ।
चुक्ता पुँजी ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ रहेको कोषको जगेडामा १८ अर्ब १५ करोड रुपैयाँ जम्मा रहेको छ । असार मसान्तसम्ममा कोषको प्रतिशेयर आम्दानी २० रुपैयाँ ७५ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ४५ पैसा छ ।
Advertisment