काठमाडौं : अपर स्याङ्गे हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नोक्सानी घटेको छ ।
अघिल्लो आवमा ५ करोड ८ लाख रुपैयाँ रहेको कम्पनीको नोक्सानी घटेर एक करोड ७३ लाख रुपैयाँमा झरेको छ । यस अवधिमा कम्पनीको कुल नाफा ८३.६६ प्रतिशतले बढेको छ ।
यस अवधिमा कम्पनीको नोक्सानी घटेसँगै विद्युत बिक्री आम्दानी पनि बढेको छ । असार मसान्तसम्म कम्पनीले विद्युत् बिक्री मार्फत ५ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस्तो आम्दानी ८९.५३ प्रतिशत बढी हो । अघिल्लो वर्ष कम्पनीले विद्युत् बिक्रीबाट ३ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
चौथोसम्म आइपुग्दा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८८ लाख ऋणत्मक रहेको छ । भने प्रतिसेयर नेटवर्थ ५८ रुपैयाँ ४१ पैसा रहेको छ ।
असार मसान्तसम्म आइपुग्दा २२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको हाइड्रोपावरको रिटेन अर्निङ ९ करोड १४ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
Advertisment