Below Menu
Below Menu

नाफासँगै घट्यो सन नेपाल लाइफको प्रतिशेयर आम्दानी 

नाफासँगै घट्यो सन नेपाल लाइफको प्रतिशेयर आम्दानी 

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्सले लिमिटेडले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले ५७ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २६.५३ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ७८ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

असार मसान्तसम्म आइपुग्दा कम्पनीको खुद बीमाशुल्क बढेपनि कमिसन वापतको आम्दानी घट्दा र कुल खर्च बढ्दा नाफा घटेको हो । इन्स्योरेन्सको कमिसनबाट हुने आम्दानी ७५.३८ प्रतिशतले घटेर ६ करोड ५६ लाख रुपैयामा झरकेो छ भने कुल खर्च १२.३७ प्रतितशले बढेर ३ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।

यस अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी ४५.२१ प्रतिशतले बढेर ८४ करोड ९५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले लगानी तथा कर्जाबाट ५८ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको थियो । 

साथै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी रकम पनि १०.५९ प्रतिशतले बढेर २ अर्ब ८४ करोड ६९ लाख रुपैयाँ पुगेको छ । साथै यस अवधिमा कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । बीमाशुल्क अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष इन्स्योरेन्सले २ अर्ब ९८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । 

असार मसान्तसम्म आइपुग्दा नाफा सँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि घटेको छ । यस अवधिमा इन्स्योरेन्सको इपीएस २०.४३ रुपैयाँ घटेर १४.५१ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५७.८७ रुपैयाँ रहेको छ ।

असार मसान्तसम्म ३ अर्ब ९६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको शेयर प्रिमियममा एक अर्ब २६ करोड रुपैयाँ, महाविपत्ती कोषमा १५ करोड ७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ५० करोड २० लाख र अन्य इक्विटीमा ३७ करोड २१ लाख रुपैयाँ सञ्चित छ ।

Advertisment

थप समाचार