काठमाडौं : पछिल्लो समय अर्थतन्त्रमा बीमा उद्योगको योगदानको हिस्सा बढ्दै गएको देखिएको छ । नेपाल बीमा प्राधिकरणको पछिल्लो तथ्यांक हेर्ने हो भने राष्ट्रिय अर्थतन्त्रमा बीमा उद्योगबाट करिब आठ खर्ब रुपैयाँभन्दा बढी लगानी भएको पाइएको छ ।
प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो तेस्रो त्रैमास अनुसार बीमा उद्योगबाट विभिन्न क्षेत्रमा ७ खर्ब ८७ अर्ब ३७ करोड ७० लाख रुपैयाँ बराबरको लगानी भएको छ । जसमा सर्वाधिक लगानी जीवन बीमा कम्पनीको रहेको छ । जीवन बीमा कम्पनीहरुले यस अवधिमा विभिन्न क्षेत्रमा ६ खर्ब ८२ अर्ब २९ करोड २२ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुको कूल लगानी ६६ अर्ब ५२ करोड १५ लाख रुपैयाँ र दुई पुनर्बीमा कम्पनीको लगानी ३८ अर्ब ५६ करोड ४८ लाख रुपैयाँ रहेको छ ।
यस अवधिमा बीमा कम्पनीहरुले वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा सर्वाधिक लगानी गरेका छन् । गत वर्ष जीवन बीमकहरुले वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा ५ खर्ब २१ अर्ब २६ करोड १२ लाख रुपैयाँ र निर्जीवन बीमकहरुले ९८ अर्ब ९९ करोड २७ लाख रुपैयाँ लगानी गरेका छन् ।
प्राधिकरणका अनुसार बीमा उद्योगको अधिकांश लगानी सरकारको बचतपत्र तथा ऋणपत्र, बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप, घरजगा, शेयरबजार, डिबेञ्चर, नागरिक लगानी कोष र म्युचुअल फण्ड, इन्भेष्मेन्ट कम्पनीको शेयर लगायत अन्य कम्पनीहरु रहेका छन् ।
प्राधिकरणको निर्देशन अनुसार राष्ट्रिय प्राथमिकतामा राखेका यी क्षेत्रहरुमा कूल लगानीको अधिकतम १० प्रतिशत रकम लगानी गर्नुपर्नेछ । राष्ट्रिय प्राथमिकतामा क्षेत्रमा कृषि उत्पादन, शित भण्डार, पर्यटन उद्योग, जलविद्युत, सौर्य उर्जा, नविकरण उर्जा परियोजना, केबल कार, सडक, जलविद्युत प्रशारण लाइन, शिक्षा र स्वास्थ्य आदि रहेका छन्
प्राथमिकतामा राखेका यी क्षेत्रहरुमा जीवन बीमकको लगानी ८ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ रहेको छ भने निर्जीवन बीमकको लगानी एक अर्ब २ लाख रुपैयाँ रहेको छ ।
बीमामा पहुँच भएको जनसंख्याको प्रतिशत बढ्दै जाँदा अर्थतन्त्रमा बीमा उद्योगको योगदानको हिस्सा पनि बढ्दै गएको प्राधिकरणले जनाएको छ ।
लगानीमा विविधतामार्फत् अर्थतन्त्रमा योगदान बढाउन प्राधिकरणले दबाब दिइरहेको छ भने अधिकांश बीमा कम्पनीहरु अझै पनि जोखिम लिन हिच्किचाई रहेका छन् ।
जीवन बीमा तर्फको लगानी
नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा–३ अर्ब १० करोड ३९ लाख
वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा –४ खर्ब ६१ अर्ब ११ करोड ७१ लाख
पूर्वाधार बैंकको मुद्दति निक्षेपमा – ९ अर्ब २७ करोड ४० लाख रुपैयाँ
विकास बैंकहरुको मुद्दति निक्षेपमा –४३ अर्ब ९९ करोड १५ लाख
फाइनान्स कम्पनीहरुको मुद्दति निक्षेपमा – ६ अर्ब ९७ करोड ८६ लाख
सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा – १९ अर्ब १२ करोड ६४ लाख
बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा–५२ अर्ब ७४ करोड २० लाख
सूचीकृत पब्लिक कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्रमा – १८ अर्ब ८६ करोड १३ लाख
कृषि उत्पादन तथा वितरण, शीत भण्डार, गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जालगायत वीकरणीय ऊर्जा परियोजना, केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्यमा – ८ अर्ब ५८ करोड ८५ लाख
नागरिक लगानी कोष र म्युचुअल फन्डमा – २ अर्ब ५० करोड २६ लाख रुपैयाँ
इन्भेष्टमेन्ट कम्पनीको शेयरमा – ४६ करोड ३५ लाख रुपैयाँ
अन्य संस्थापक शेयरमा – ११ अर्ब ६८ करोड ६५ लाख रुपैयाँ
सूचीकृत नभएका अन्य पब्लिक कम्पनीको शेयरमा – एक अर्ब ८ करोड ४० लाख रुपैयाँ
अन्य लगानी– ४२ अर्ब ७६ करोड २९लाख
निर्जीवन बीमा कम्पनीहरुको लगानी
नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा– २१ करोड ५३ लाख
वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा – ४६ अर्ब ६ करोड ५ लाख
विकास बैंकहरुको मुद्दति निक्षेपमा – ५ अर्ब ४८ करोड ६४ लाख
फाइनान्स कम्पनीहरुको मुद्दति निक्षेपमा – एक अर्ब १७ करोड
सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा – ३ अर्ब ८६ करोड ५ लाख
बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा–३ अर्ब २४ करोड ३८ लाख रुपैयाँ
सूचीकृत पब्लिक कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्रमा – ९९ करोड ५४ लाख
कृषि उत्पादन तथा वितरण, शीत भण्डार, गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जालगायत वीकरणीय ऊर्जा परियोजना, केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्यमा – एक अर्ब दुई लाख
नागरिक लगानी कोष र म्युचुअल फन्डमा– ७२ करोड ८४ लाख
इन्भेष्टमेन्ट कम्पनीको शेयरमा – १४ करोड १२ लाख रुपैयाँ
सूचीकृत नभएका अन्य पब्लिक कम्पनीको शेयरमा– एक करोड ९१ लाख
अन्य लगानी –२ अर्ब १८ करोड ८ लाख
पुनर्बीमा कम्पनीको लगानी एकै वर्ष साढे आठ अर्ब बढ्यो
हाल नेपालमा संचालित दुई पुनर्बीमा कम्पनीहरुले एकै वर्ष साढे ८ अर्ब लगानी बढाएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा पुनर्बीमा कम्पनीहरुको लगानी ३८ अर्ब ५६ करोड ४८ लाख रुपैयाँ रहेको छ ।
अघिल्लो वर्ष विभिन्न क्षेत्रमा २९ अर्ब ९७ करोड ६२ लाख रुपैयाँ लगानी गरेका कम्पनीहरुले यस अवधिमा २८.६५ प्रतिशत अर्थात ८ अर्ब ५८ करोड ८६ लाख रुपैयाँले लगानी बढाएका छन् ।
गत आवमा नेपाल पुनर्बीमा कम्पनीको कुल २० अर्ब ७८ करोड ७० लाख रुपैयाँ र हिमालय रिइन्स्योरेन्सको १७ अर्ब ७७ करोड ७८ लाख रुपैयाँ लगानी रहेको छ ।
नेपालका पुनर्बीमा बीमा कम्पनीहरुले बैंकको मुद्दति निक्षेप, नेपाल सरकारको ऋणपत्र पत्र, घरजग्गा, सूचिकृत कम्पनीहरुको साधारण सेयर, बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार संस्थापक सेयर, कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधार क्षेत्र, नागरिक लगानी कोष तथा अन्य कोषमा लगानी गर्दै आएका छन् ।
वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा –२९ अर्ब १३ करोड ८३ लाख
विकास बैंकहरुमा – २ अर्ब १ करोड ७६ लाख
फाइनान्स कम्पनीहरुमा – १० करोड लगानी
बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा – ३ अर्ब ५ करोड ८५ लाख
नागरिक लगानी कोष र म्युचुअल फन्डमा –९ करोड ९ लाख रुपैयाँ
इन्भेष्टमेन्ट कम्पनीको शेयरमा – ९० करोड
अन्य संस्थापक शेयरमा – ७६ करोड ६६ लाख रुपैयाँ
तर, कम्पनीहरुले घरजग्गा, सूचीकृत पब्लिक कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्र, कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य उर्जा लगायत नवीकरणीय उर्जा परियोजना, केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा भने लगानी गरेका छैनन् ।
Advertisment