काठमाडौं : आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले लिमिटेडले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले ६१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५६.६७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले २३ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
असार मसान्तसम्म आइपुग्दा कम्पनीको खुद बीमाशुल्क बढेसँगै नाफा बढेको हो । इन्स्योरेन्सको कमिसनबाट हुने आम्दानी ३०.०७ प्रतिशतले बढेर ३६ करोड ५९० लाख रुपैयाँ पुगेको छ कुल आम्दानी ८९.६३ प्रतिशतले बढेर २ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।
यस अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी १६२.४२ प्रतिशतले बढेर ५७ करोड ५७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले लगानी तथा कर्जाबाट २१ करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
साथै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी रकम पनि ६४.१२ प्रतिशतले बढेर ७४ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।साथै यस अवधिमा कम्पनीले एक अर्ब ४१ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । बीमाशुल्क अघिल्लो वर्षको तुलनामा ९०.५६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष इन्स्योरेन्सले ७४ करोड ४२ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
असार मसान्तसम्म आइपुग्दा नाफा सँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ । यस अवधिमा इन्स्योरेन्सको इपीएस १२.३४ रुपैयाँ बढेर २०.२१ रुपैयाँ पुगेको छ । त्यस्तै इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात २७.६१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ७० पैसा रहेको छ।
असार मसान्तसम्म ३ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको महाविपत्ती कोषमा ८ करोड १२ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३४ करोड ६२ लाख र अन्य इक्विटीमा ५० करोड ३३ लाख रुपैयाँ सञ्चित छ ।
Advertisment