Below Menu
Below Menu

सूर्यज्योति लाइफ इन्सुरेन्सको नाफा १४६ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति?

सूर्यज्योति लाइफ इन्सुरेन्सको नाफा १४६ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति?

काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण आज प्रकाशित गरेको छ ।

प्रकाशित विवरण अनुसार कम्पनीले ३९ करोड ६५ लाख खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १४६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले १६ करोड ११ लाख नाफा गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन २९ प्रतिशतले बढेर ९ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ७ अर्ब ३४ करोड ३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । 

गत आर्थिक वर्षको अन्त्यसम्ममा महाविपत्ती कोषमा ३४ करोड ६८ लाख रुपैयाँ छ । कम्पनीको रिटेन्ड अर्निङ्गमा ५६ करोड ९५ लाख रुपैयाँ छ भने अन्य इक्विटीमा ६१ करोड ५२ लाख रुपैयाँ छ ।

समीक्षा अवधिसम्ममा कम्पनीको जीवन बीमा कोष ३३ अर्ब ६३ करोड रुपैयाँ छ । अघिल्लो वर्षको यसै अवधिमा २७ करोड २९ लाख रुपैयाँ थियो । 

कम्पनीले पुनर्बीमामार्फत ३६ करोड ८८ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो आवको यसै अवधिमा कम्पनीले १९ करोड ६५ लाख रुपैयाँ खर्चिएको थियो । 
त्यस्तै, समीक्षा अवधिमा कम्पनीले ९ अर्ब १० करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

अघिल्लो आवको यसै अवधिमा कम्पनीले ७ अर्ब १४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्कमा २७ प्रतिशतको वृद्धि भएको छ । 

कम्पनीको प्रतिशेयर आम्दानी ८.७२ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १३०.५६  रुपैयाँ छ।

Advertisment

थप समाचार