Below Menu
Below Menu

नेपाल पुनर्बीमा कम्पनीको नाफा र प्रतिशेयर आम्दानी दुबै घट्यो 

नेपाल पुनर्बीमा कम्पनीको नाफा र प्रतिशेयर आम्दानी दुबै घट्यो 

काठमाडौं : नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले ५१ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.४९ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ५९ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

असार मसान्तसम्म आइपुग्दा कम्पनीको कुल आम्दानी घटेका कारण नाफा प्रभावित बनेको हो । इन्स्योरेन्सको कुल आम्दानी ९.३० प्रतिशतले घटेर ६ अर्ब ५३ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा कम्पनीको कुल खर्च ८.७४ प्रतिशतले घटेर ५ अर्ब ७९ करोड ६९ लाख रुपैयाँमा झरेको छ । साथै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी रकम पनि ०.९१ प्रतिशतले घटेर ३ अर्ब ६३ करोड ७१ लाख रुपैयाँ पुगेको छ ।

साथै यस अवधिमा कम्पनीले ५ अर्ब १५ करोड ४३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । बीमाशुल्क अघिल्लो वर्षको तुलनामा ८.५७ प्रतिशतले कम हो । अघिल्लो वर्ष इन्स्योरेन्सले ५ अर्ब ६३ करोड ७६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । 

असार मसान्तसम्म आइपुग्दा नाफा सँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि घटेको छ । यस अवधिमा इन्स्योरेन्सको इपीएस ०.६३ रुपैयाँ घटेर ४.०३ रुपैयाँ पुगेको छ । त्यस्तै इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात १९२.५५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ४५ पैसा रहेको छ।

असार मसान्तसम्म १२ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको महाविपत्ती कोषमा २७ करोड ६३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा एक अर्ब ८ करोड ६२ लाख र अन्य इक्विटीमा ७८ करोड ८० लाख रुपैयाँ सञ्चित छ ।
 

Advertisment

थप समाचार