Below Menu
Below Menu

नोक्सानी घटाउँदै अप्पर तामाकोशी, अझै २ अर्ब ६८ करोड नोक्सानीमा

नोक्सानी घटाउँदै अप्पर तामाकोशी, अझै २ अर्ब ६८ करोड नोक्सानीमा

काठमाडौं : अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले विद्युत बिक्रीबाट ८ अर्ब ७५ करोड रुपैयाँँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.९३ प्रतिशत बढि हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा हाइड्रोपावरको यस्तो आम्दानी ८ अर्ब १० करोड रुपैयाँ थियो।

विद्युत बिक्रि आम्दानी बढेसँगै कम्पनीको नोसानी पनि घटेको छ । अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ९ करोड रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी गत आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब ६८ करोड नोक्सानीमा छ।

चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोष ९ अर्ब १३ करोड रुपैयाँले ऋणात्मक रहेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६९ पैसा ऋणात्मक छ भने प्रतिशेयर नेटवर्थ ५६ रुपैयाँ ८८ पैसा छ। 

Advertisment

थप समाचार