Below Menu
Below Menu

नेपाल लाइफको नाफा ३०.८१ प्रतिशतले बढ्यो, प्रमुख सूचकमा सुधार

नेपाल लाइफको नाफा ३०.८१ प्रतिशतले बढ्यो, प्रमुख सूचकमा सुधार

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/०८१को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सले ५१ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.८१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सको खुद नाफा ३९ करोड २९ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क ९.८६ प्रतिशत, कुल आम्दानी १२.३४ प्रतिशत, कुल दाबी भुक्तानी १२.६५ प्रतिशत बढेको छ भने कुल खर्च ११.५८ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४७ पैसा बढेर ६ रुपैयाँ २६ पैसा पुगेको छ। असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ९८.९९ गुणा छ भने प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ११ पैसा छ।

८ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा १ अर्ब ९ करोड रुपैयाँ रिटेन्ड अर्निङ्गमा ५ अर्ब २८ करोड रुपैयाँ र अन्य इक्विटीमा ७६ करोड १५ लाख रुपैयाँ सञ्चित छ।

Advertisment

थप समाचार