काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले पर्सा टेलिकम्युनिकेशनको अनुमति पत्र (लाइसेन्स) खारेज गरेको छ । मंगलबार एक सूचना जारी गर्दै उक्त कम्पनीको अनुमति पत्र खारेज गरिएको प्राधिकरणले जानकारी दिएको हो ।
समयमा नविकरण नगरेको भन्दै उक्त कम्पनीको लाइसेन्स खारेज गरिएको प्राधिकरणले जनाएको छ ।
जारी सूचनामा भनिएको छ‘ ‘नेपाल दूरसञ्चार प्राधिकरणबाट पर्सा टेलिकम्युनिकेसन प्रालि, वीरगञ्ज–८, पर्सालाई मिति २०७६/०४/२२ मा प्रदान गरिएको नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र (अनुमतिपत्र नं भि.ज६(२४) को समयावधि मिति २०८१/०४/२१ सम्म रहेकोमा निज सेवा प्रदायकले दूरसञ्चार नियमावली, २०५४ को नियम १२ बमोजिम उक्त अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधिभित्र निवेदन पेस नगरेकोले निजलाई प्रदान गरिएको नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम स्वतः रद्द भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
Advertisment