काठमाडौं : सिटी होटलले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा २० करोड ४७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको कमाएको छ ।
उक्त नाफा अघिल्लो कम्पनीले २७ करोड २२ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो । असार मसान्तसम्म आइपुग्दा होटलको सञ्चालन आम्दानी र अन्य स्रोतबाट हुने आम्दानी बढेसँगै होटलले नोक्सानी घटाएको छ ।
यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी ६.५७ प्रतिशतले बढेर ५० करोड ५२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ४७ करोड ३१ लाख रुपैयाँ रहेको थियो ।
यस अवधिमा होटलको कुल खर्च २.८१ प्रतिशतले बढेको छ भने वित्तीय खर्च ७.३९ प्रतिशतले घटेर ३२ करोड ७३ लाख रुपैयाँमा झरेको छ ।
त्यस्तै असार मसान्तसम्म आइपुग्दा होटलले व्यवसायबाट ५८ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १४.२५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष होटलले ५० करोड ९७ लाख रुपैयाँ पुगेको आम्दानी गरेको थियो ।
असार मसान्तसम्म आइपुग्दा होटलको प्रतिशेयर आम्दानी १२ रुपैयाँ २३ पैसा ऋणात्मक छ भने प्रतिशेयर नेटवर्थ ९४ रुपैयाँ ५६ पैसा रहेको छ । एक अर्ब ६७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस होटलको अन्य इक्विटी ९ करोड ९ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
Advertisment