Below Menu
Below Menu

पाँच वर्ष पुरानो लाभांश बुझिलिन शेयरधनीलाई ग्लोबल आइएमई बैंकको आग्रह  

पाँच वर्ष पुरानो लाभांश बुझिलिन शेयरधनीलाई ग्लोबल आइएमई बैंकको आग्रह  

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले ५ वर्ष भन्दा पुरानो लाभांश बुझिलिन शेयरधनीलाई आग्रह गरेको छ ।

बैंकले एक सूचना जारी गर्दै विभन्नि साधारणसभाबाट पारित भएका ५ वर्ष भन्दा पुराना आर्थिक वर्षकाहरुको नगद हालसम्म शेयरधनीहरुले बुझिलिन बाँकी रहेको बैंकले जनाएको छ । 

तसर्थ नगद लाभांश बुझिलिन बाँकी शेयरधनीहरुले बैंकको शेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटल नक्साल काठमाडौंमा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ । 

साथै सूचना प्रकाशित भएको एक महिनाभित्र आफ्नो बक्यौता नगद लाभांश नबुझेमा सो लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ । 

यसका साथै ५ वर्ष यताको नगद लाभांश खातामा रकमान्तरण भई नसकेको शेयरधनीहरुले सम्बन्धित निक्षेप सदस्यकोमा गई बैंक खाता अद्यावधिक गर्न र शेयर अभौतिकिकरण गर्न समेत शेयरधनीहरुलाई आग्रह गरेको छ । 
 

Advertisment

थप समाचार