Below Menu
Below Menu

चन्द्रागिरी हिल्सको नाफा करिब शतप्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानीमा पनि सुधार 

चन्द्रागिरी हिल्सको नाफा करिब शतप्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानीमा पनि सुधार 

काठमाडौं  : केबुलकार, होटेल तथा रेष्टुराँसहित अन्य पर्यटन व्यवसाय सञ्चालन गर्दै आएको चन्द्रागिरी हिल्स लिमिटेडको नाफा ९९.३९  प्रतिशतले बढेको छ ।

कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २२ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ९९.३९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीको नाफा  ११ करोड २० लाख रुपैयाँ थियो ।

कम्पनीको आम्दानी बढ्दा नाफामा वृद्धि देखिएको हो । यस अवधमिा कुल आम्दानी ८.८० प्रतिशतले बढेर ७९ करोड ९९ लाख रुपैयाँबाट बढेर ८७ करोड तीन लाख  रुपैयाँ पुगेको छ । कम्पनीको वित्तीय खर्च पनि २३ करोड ७८ लाखबाट बढेर ३० करोड ७७ लाख कायम भएको छ । 

१ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष ७ करोड ६ लाख रुपैयाँले ऋणात्मक छ । चन्द्रागिरी हिल्सको प्रतिसेयर आम्दानी पनि ५७ रुपैयाँ २६ पैसा बढेर १४ रुपैयाँ ५६ पैसा पुगेको छ।  कम्पनीको प्रतिशेयर नेटवर्थ ९५ रुपैयाँ ३९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६२.३६ गुणा रहेको छ।

Advertisment

थप समाचार