काठमाडौं : नेपाल राष्ट्र बैंकले दुई मनी एक्स्चेन्ज कम्पनीको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ । केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एब सूचना जारी गर्दै समयमा नवीकरण नगरेको भन्दै लाइसेन्स खारेज गरेको जनाएको हो ।
राष्ट्र बैंकका अनुसार मनिचेञ्जर कारोबार गर्न लाइसेन्स पाएका रेन्बो मनि एक्सचेञ्ज प्रालि र कसा मनि एक्सचेञ्ज प्रालिको को लाइसेन्स रद्द भएको हो ।
नेपाल राष्ट्र बैंक, मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप – विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ ।
Advertisment