काठमाडौं : मोदी ईनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। साउन ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोगमा आवेदन दिएको हो । कम्पनीले बैंकको ऋण चुक्ता गर्नका लागि हकप्रद निष्काशन गर्न लागेको हो ।
हकप्रद निष्कासनका लागि आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि कम्पनीले सो दरमा हकप्रद शेयर निष्काशन गर्नेछ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रहेको छ । शतप्रतिशत हकप्रद पछि कम्पनीको पुँजी ५ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।
Advertisment