Below Menu
Below Menu

पाँच वर्ष पुरानो लाभांश बुझिलिन शेयरधनीलाई नबिल बैंकको आग्रह  

पाँच वर्ष पुरानो लाभांश बुझिलिन शेयरधनीलाई नबिल बैंकको आग्रह  

काठमाडौं : नबिल बैंक लिमिटेडले ५ वर्ष भन्दा पुरानो लाभांश बुझिलिन शेयरधनीलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न साधारणसभाबाट पारित भएका (साविकका युनाइटेड फाइनान्स र बंगलादेश बैंक समेत) को ५ वर्ष भन्दा पुराना आर्थिक वर्षकाहरुको नगद हालसम्म शेयरधनीहरुले बुझिलिन बाँकी रहेको जनाएको छ । 

तसर्थ नगद लाभांश बुझिलिन बाँकी शेयरधनीहरुले बैंकको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नक्साल काठमाडौंमा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ । 

साथै सूचना प्रकाशित भएको एक महिनाभित्र आफ्नो बक्यौता नगद लाभांश नबुझेमा सो लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ । 

यसका साथै ५ वर्ष यताको नगद लाभांश लिन बाँकी रहेको शेयरधनीहरुले विवरण बैंकको वेवसाइटमा राखिएको समेत जनाइएको छ । 
 

Advertisment

थप समाचार