Below Menu
Below Menu

जीवन बीमा कम्पनीको नाफा १५% ले बढ्यो, सर्वाधिक कमाउनेमा हिमालयन लाइफ 

जीवन बीमा कम्पनीको नाफा १५% ले बढ्यो, सर्वाधिक कमाउनेमा हिमालयन लाइफ 

काठमाडौं : जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा साढे पाँच अर्ब बढी नाफा कमाएका छन् । हाल सञ्चालनमा रहेका १४ कम्पनीहरुले ५ अर्ब ७३ करोड ३२ लाख रुपैयाँ नाफा कमाएका हुन् । 

उक्त नाफा आर्थिक वर्ष २०७९/८० को तुलनामा १५.१८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीहरुले ४ अर्ब ९७ करोड ७३ लाख रुपैयाँ नाफा कमाएका थिए ।

आर्थिक शिथिलताका बाबजुद पनि अधिकांंश बीमा कम्पनीहरुले नाफा बढाएका छन् । यस अवधिमा ११ वटा कम्पनीले नाफा बढाएका छन् भने तीन कम्पनीको नाफा भने घटेको छ ।

कम्पनीहरुले सार्वजनिक गरेको गत आवको वित्तीय विवरण अनुसार लाइफ इन्स्योरेन्स कर्पोरेशन, मेट लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा घटेको हो । अघिल्लो आवको तुलनामा कम्पनीहरुको नाफा क्रमशः ६८.३४ प्रतिशत, ३४.१४ प्रतिशत र २६.५३ प्रतिशतले घटेको छ  ।

असार मसान्तसम्म आइपु्ग्दा सर्वाधिक नाफा कमाउनेमा हिमालयन लाइफ  रहेको छ । कम्पनीको नाफा २१.५९ प्रतिशतले बढेर ६३ करोड ३८ लाख रुपैयाँ पुगेको हो ।

त्यसैगरी यस अवधिमा आईएमई लाइफले ५१ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा १४५.०४ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले २० करोड ९९ लाख नाफा कमाएको थियो  । 

सार्वजनिक वित्तीय विवरण अनुसार यस अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीको १४५.४४ प्रतिशतले बढेको छ । त्यस्तै सिटिजन लाइफको नाफा २१६.५६ प्रतिशत, सूर्यज्योति लाइफको १४६.०३ प्रतिशत र सानिमा रिलायन्सको नाफा ५९.५१ प्रतिशतले बढेको छ ।

करिब डेढ खर्बको व्यापार 

जीवन बीमा कम्पनीहरुले एक वर्षमा डेढ खर्बको व्यापार गरेका छन् । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीहरुले एक खर्ब ५६ अर्ब ५० करोड १२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । 

नेपाल बीमा प्राधिकरणका अनुसार गत आवमा राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब ७१ करोड ४८ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ भने नेशनल लाइफले १९ अर्ब २० करोड ३५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

त्यस्तै यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले ४० अर्ब ८५ करोड ५ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनले १८ अर्ब १० करोड ७५ लाख, मेट लाइफले ५ अर्ब ६७ करोड ८९ लाख, एशियन लाइफले ८ अर्ब ५ करोड ४८ लाख र आईएमइई लाइफ इन्स्योरेन्सले ४ अर्ब ७४ करोड १२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

त्यसैगरी असार मसान्तसम्म सन नेपाल लाइफले ३ अर्ब ८८ करोड ५४ लाख, रिलायबल नेपाल लाइफले ४ अर्ब २० करोड ९० लाख, सिटिजन लाइफले ६ अर्ब २१ करोड ५३ लाख र सूर्यज्योति लाइफ इन्स्योरेन्सले ९ अर्ब ५० करोड ७ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

गत आवमा सानिमा रिलायन्स लाइफले ६ अर्ब १८ करोड ९० लाख, हिमालयन लाइफले १६ अर्ब ६० करोड ८० लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्सले ४ अर्ब ३७ करोड २३ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

Advertisment

थप समाचार