Below Menu
Below Menu

भदौमा झन् घट्यो निक्षेपको ब्याजदर, कुन बैंकको कति ?

भदौमा झन् घट्यो निक्षेपको ब्याजदर, कुन बैंकको कति ?

काठमाडौं : वाणिज्य बैंकहरुको भदौ महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटेको छ । भदौ महिनाका लागि व्यक्तिगततर्फ मुद्दति निक्षेपको औसत ब्याजदर अब ६.५३ प्रतिशत कायम भएको छ। साउनमा औसत ब्याजदर ६.७४ प्रतिशत थियो। 

२० वाणिज्य बैंकहरु मध्ये १३ वटा बैंकहरुले ब्याजदर घटाएका छन् भने ६ बैंकहरुले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । तर प्राईम बैंकले भने ब्याजदर बढाएको छ । प्राईम बैंकले साउन महिनाको तुलनामा ०.२५ प्रतिशतले बढाएको छ । 

साउनकै ब्याजदरलाई भदौमा पनि निरन्तरता दिनेमा ग्लोबल आइएमई, लक्ष्मी सनराइज, कुमारी, माछापुच्छ्रे, स्टान्डर्ड चार्टर्ड र नबिल बैंक छन् ।

Advertisment

थप समाचार