काठमाडौं : नबिल बैंक लिमिटेडले बुक क्लोजको मिति तय गरेको छ । बैंकले विशेष साधारणसभा प्रयोजनका लागि भदौ ७ गते एकदिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।
बैंकको साउन २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अग्राधिकार शेयर जारी गर्ने एजेन्डासहित भाद्र १७ गते विशेष सभा बोलाएको छ ।
बैंकले ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने र अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि गर्नुका साथै प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन लगायतका एजेन्डाका बिषयहरूमा शेयरधनीबीच छलफल गरी निर्णय गर्ने प्रयोजनका लागि विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।
Advertisment