काठमाडौं : सानिमा बैंक लिमिटेडले सवा एक लाख कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयर धनीको नाममा रहेको एक लाख १५ हजार ३८० कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।
बैंकको शेयरमूल्य १४५ रुपैयाँ तोकिएको छ । उक्त बैंकको शेयर खरिदका लागि इन्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नक्साल काठमाडौंमा आवेदन दिनुपर्नेछ ।
तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा प्रचलिथ कानुन बमोजिम सर्वसाधारणका लागि शेयर खरिद गरिने बैंकले जनाएको छ ।
Advertisment