Below Menu
Below Menu

राष्ट्रिय सहकारी बैंकको घाटा १७५ करोड, खराब कर्जा १७५ प्रतिशतले बढ्यो

राष्ट्रिय सहकारी बैंकको घाटा १७५ करोड, खराब कर्जा १७५ प्रतिशतले बढ्यो

काठमाडौं : राष्ट्रिय सहकारी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ  । उक्त वित्तीय विवरण अनुसार बैंक डेढ अर्ब भन्दा बढी घाटामा रहेको  छ । 

अघिल्लो आवमा २० करोड ४३ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको बैंकले गत असार मसान्तसम्म एक अर्ब ७५ करोड ७२ लाख २७ हजार रुपैयाँ घाटामा गएको हो । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी घटेका कारण बैंकको नाफा घटेको हो । 

अघिल्लो आवमा एक अर्ब ६१ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको सहकारी बैंकले गत आवमा एक अर्ब ६ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । उक्त ब्याज आम्दानी ३३.८४ प्रतिशतले कम हो ।

यस्तै, यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ३४.७१ प्रतिशतले घटेको छ । गत आवको असार मसान्तसम्म सञ्चालन नाफा २ अर्ब २० करोड ४० लाख ५३२ रुपैयाँ नोक्सानमा रहेको छ ।

समिक्षा अवधिमा सहकारी बैंकको खराब कर्जा बढेका कारण नाफामा असर परेको हो । खराब कर्जा बढेसँगै जोखिम व्यवस्थापनका लागि रकम छुट्याउनु पर्दां बैंकको नाफा प्रभावित भएको हो ।

बैकले यस अवधिमा सम्भावित जोखिम व्यवस्थापनका लागि छुट्याएको ५ अर्ब ८८ करोड ७९ लाख रुपैयाँ ऋणात्मक छ । जबकी अघिल्लो आवमा यस्तो रकम २ अर्ब ४१ करोड २५ लाख रुपैयाँ मात्र छुट्याएको थियो । 

यस अवधिमा कम्पनीको खराब कर्जा १७५.५९ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ७.९५ प्रतिशत रहेको बैंकको खराब कर्जा गत आवमा आइपुग्दा बढेर २१.९१ प्रतिशत पुगेको छ । 

बैंकको प्रति सेयर आम्दानी ६२ रुपैयाँ ८९ पैसा ऋणात्मक छ । बैंकको सेयर पुँजी असार मसान्तसम्म २ अर्ब ७८ करोड ९२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा २ अर्ब ८० करोड ८० लाख ३९ हजार ७०० रुपैयाँ रहेको थियो । बैंकको जगेडा कोषमा ३ अर्ब ६ करोड १५ लाख ३ हजार रुपैयाँ रहेको छ ।

Advertisment

थप समाचार