Below Menu
Below Menu

नेपाल फर्केपछि विदेशी बैंकमै पैसा राख्न ३५ दिनभित्र राष्ट्र बैंकको अनुमति लिनुपर्ने 

नेपाल फर्केपछि विदेशी बैंकमै पैसा राख्न ३५ दिनभित्र राष्ट्र बैंकको अनुमति लिनुपर्ने 

काठमाडौं : नेपाली नागरिकले विदेशी बैंकमै पैसा राख्न ३५ दिनभित्र राष्ट्र बैंकको अनुमति लिनुपर्ने भएको छ । राष्ट्र बैंकले मंगलबार वित्तीय चेतनामुलक सूचना जारी गर्दै यस्तो जनाएको हो । 

राष्ट्र बैंकले नेपाली नागरिकले विदेशमा रहँदाबस्दाको अवधिसम्म त्यहाँ आर्जन गरेको रकम विदेशस्थित बैंकमा खाता खोली जम्मा गर्न सक्ने भएपनि त्यस्तो रकम व्यक्ति नेपाल फर्किसकेको अवस्थामा समेत विदेशमा नै राख्न चाहेमा स्वीकृति लिनुपर्ने स्पष्ट पारेको हो ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ तथा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को व्यवस्था अनुसार कुनै पनि नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न, घरजग्गा तथा अन्य कुनै किसिमको लगानी गर्न प्रतिबन्ध लगाइएको छ । 
तर नेपाली नागरिकले विदेशमा रहँदा बस्दाको अवधिसम्म त्यहाँ आर्जन गरेको रकम विदेशस्थित बैंकमा खाता खोली रकम जम्मा गर्न सक्ने व्यवस्था रहेको छ । 

यसरी लगानी गरेको विदेशी विनिमय नेपालमा फर्किसकेपछि ३५ दिनभित्र स्वदेश फर्काउने व्यवस्था गर्नुपर्नेछ । 

‘तर, व्यक्ति नेपाल फर्केपछि पनि यस्तो खाता वा लगानी कायमै राख्न चाहेमा सो खाता वा लगानी रहेको बैंकको नाम, ठेगाना, खाता नम्बर, विदेशी मुद्रा तथा रकम खुलाई सोको जानकारी तोकिएको ढाँचामा नेपाल राष्ट्र बैंकमा ३५ दिनभित्र निवेदन दिनुपर्छ’, जारी सूचनामा भनिएको छ । 
 

Advertisment

थप समाचार