Below Menu
Below Menu

मुक्तिनाथ विकास बैंक र चापाकोट क्याम्पसबीच बैंकिङ्ग करियरको अवसर प्रदान गर्ने सम्झौता 

मुक्तिनाथ विकास बैंक र चापाकोट क्याम्पसबीच बैंकिङ्ग करियरको अवसर प्रदान गर्ने सम्झौता 

काठमाडौं : मुक्तिनाथ विकास बैंक र चापाकोट क्याम्पस स्याङजाबिच वित्तीय साक्षरता कार्यक्रम संचालन लगायतका सम्बन्धमा सम्झौता भएको छ । 

बैंक र स्याङजाको चापाकोट नगरपालिका वडा नं. ९ मा रहेको चापाकोट क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने, व्यवहारिक ज्ञानको लागि इन्टर्नशिप गर्ने र बैंकिङ्ग करियरको लागि अवसर प्रदान गर्ने सम्बन्धमा दुई पक्षबिच आपसी सम्झौता भएको हो  । 

उक्त समझ्दारी पत्रम बैंककको तर्फबाट बैंकका गण्डकी क्षेत्रीय प्रमुख ऋषिराम ढकाल र चापाकोट क्याम्पसको तर्फबाट क्याम्पसका कार्यवाहक प्रमुख पोषराज देवकोटाले हस्ताक्षर गरेका छन् । 

चापाकोट क्याम्पसमा व्यवस्थापन संकाय अन्तर्गत स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई इन्टर्नशिप, वित्तीय साक्षरता कार्यक्रम लगायत करियर विकासका कार्यक्रमहरुमा बैंकले प्रचलित ऐन, नियम तथा राष्ट्र बैंकको निर्देशनको अधिनमा रही अवसरहरु प्रदान गर्ने समझदारीको मुख्य उद्देश्य रहेको बताए । साथै उनले उक्त समझ्दारी ५ बर्ष अवधिसम्म कायम रहने बताए । 

उक्त कार्यक्रममा मुक्तिनाथ विकास चापाकोट शाखाका शाखा प्रमुख सुन्दर श्रेष्ठ, कर्जा डेस्कका युवराज श्रेष्ठ, वालिङ शाखाका शाखा प्रमुख नविन काफ्ले, चापाकोट क्याम्पसका पूर्व अध्यक्षहरु हिरण्यलाल आचार्य, भरत पाठक, समितिका पदाधिकारहिरु, प्राज्ञिक व्यत्तित्वहरु  सितारम गैह्र्रे, दुर्गा ढकाल, डोलराज अधिकारी, विन्दु पौड्याल, पे्रम चन्द« भट्टराई, उप प्राध्यापकहरु, शिक्षक, शिक्षिकाहरु, समज सेवी लगायत वडा नं.९ का वडा अध्यक्ष कृष्ण सुवेदी लगायत व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
चापाकोट क्याम्पसका अध्यक्ष मुकुन्दराज आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।


 

Advertisment

थप समाचार