Below Menu

साढे १६ वर्षमा भित्रिए दुई करोड चार लाख बढी पर्यटक ! 

साढे १६ वर्षमा भित्रिए दुई करोड चार लाख बढी पर्यटक ! 

काठमाडौं : साढे १६ वर्षको अवधिमा दुई करोड बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार सन् २००८ देखि सन् २०२४ को जुलाईसम्म २ करोड ४ लाख ५९ हजार १५१ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।

Sponsored Advertisement

राष्ट्र बैंकको तथ्यांक अनुसार सन् २०१९ मा सबैभन्दा बढी पर्यटक नेपाल भित्रिएका थिए भने सन् २००८ मा सबैभन्दा कम पर्यटक आएका थिए ।

अर्थतन्त्रको मूख्य स्रोत मानिएको नेपाली पर्यटन क्षेत्र विस्तारै लयमा फर्किएको छ । आर्थिक समृद्धिको आधार मानिएको पर्यटन क्षेत्र विस्तारका लागि सरकारले सन् २०२० लाई भिजिट नेपाल ‘२०२०’ को रुपमा घोषणा गरेको थियो । 

तर, विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारीका कारण समग्र पर्यटन क्षेत्रनै थला पर्यो । पर्यटकहरु घट्न थाले भने होटल व्यवसाय पनि सुक्न थालेका थिए । कोरोना महामारी सकिन नपाउँदै रुस युक्रेन युद्धका कारण विश्व अर्थतन्त्रमा नै समस्यामा पर्यो । 

विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीले प्रताडित बनेको नेपालको पर्यटन क्षेत्रले गति समातेको छ । सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य पुरा भएको छ । 

पछिल्लो समय पर्यटन आगमन बढ्दै जाँदा होटल व्यवसाय पनि चलायमान बनेका छन् । फलस्वरुप होटल क्षेत्रको आम्दानी पनि बढ्न थालेको छ । पर्यटन क्षेत्रमा आउने वैदेशिक लगानी पनि बढिरहेको छ । 

सन् २०१९ यता भित्रिए साढे ३८ लाख पर्यटक 

कोरोना महामारीका कारण खस्किएको पर्यटक आगमन सन् २०२३ देखि भने उत्साहजनक देखिएको छ । सन्् २०१९ मा हालसम्मकै उच्च ११ लाख ९७ हजर १९१ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । 

तर, त्यसयता सन् २०२० मा यो संख्या घटेर २ लाख ३० हजार ८५ मा झर्यो । सन् २०१९ देखि २०२४ को जुलाईसम्म भने ३८ लाख ५३ हजार ७४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । 

कुन वर्ष कति आए पर्यटक


 

थप समाचार