Below Menu
Below Menu

राष्ट्रिय वाणिज्य बैंकद्वारा भेहिकल लोनमा ‘फेस्टिभ अफर’, कम ब्याजदरमा ऋण

राष्ट्रिय वाणिज्य बैंकद्वारा भेहिकल लोनमा ‘फेस्टिभ अफर’, कम ब्याजदरमा ऋण

काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकले नजिकिँदै गरेका ठूला चाडपर्वहरुलाई लक्षित गर्दै सवारीसाधन खरिदका लागि भेहिकल लोनमा ‘फेस्टिभ अफर’ ल्याएको छ ।

बैंकले बुधवार ‘आरबीबी भेहिकल लोन फेष्टिभ अफर’ को घोषणा गरेको हो । यस अन्तर्गत बैंकले बढीमा सात वर्षका लागि ७.७७ प्रतिशत निश्चित व्याजदर (फिक्स्ड इन्ट्रेस्ट रेट) मा अटोलोन उपलब्ध गराउने जनाएको छ ।

बैंकका अनुसार ०.५ प्रतिशत प्रोसेसिङ शूल्कमा आरबीबी भेहिकल लोन लिन सकिने छ । उक्त फेस्टिभ अफर भदौ १ गतेदेखि कात्तिक मसन्तसम्म मात्र लागू हुने बैंकले जनाएको छ ।

Advertisment

थप समाचार