काठमाडौं : नेशनल लाइफ इन्सुरेन्स कम्पनीको वार्षिक साधारण सभा आज बस्दैछ ।
कम्पनीको केन्द्रीय कार्यालय, लाजिम्पाटमा बिहान साढे १० बजे सुरु हुने साधारण सभाले अघिल्लो आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर सहित १०.७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि साउन २४ गते बुक क्लोज गरिसकेको छ । साउन २३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
Advertisment