Below Menu
Below Menu

समस्याग्रस्त गोरखा सेभिङ्गको सम्पत्ति लिलामी गर्दै राष्ट्रिय सहकारी बैंक

समस्याग्रस्त गोरखा सेभिङ्गको सम्पत्ति लिलामी गर्दै राष्ट्रिय सहकारी बैंक

काठमाडौं : राष्ट्रिय सहकारी बैंकले समस्याग्रस्त सहकारी गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडको सम्पत्ति लिलामी गर्ने भएको छ ।

संस्थाले बैंकबाट लिएको कर्जा नतिरेपछि धितोमा राखेको सम्पत्ति लिलामी गर्न लागेको हो । बैंकले आज १५ दिने सूचना जारी गर्दै धितोमा रहेको जग्गा र लिगलगापात समेत विक्रि गर्न लागेको हो । 

संस्थाको नाममा रहेको मालपोत कार्यालय ललितपुरमा दर्ता श्रेष्ता कायम रहेको ललितपुर वडा नं. ५ ट को कित्ता नं. ३८६, ३८८, ३९० को क्षेत्रफल क्रमश २, ८ र ६ आना जग्गा लिलामी गर्न लागेको हो । त्यस्तै मालपोत कार्यालय भक्तपुरमा दर्ता श्रेष्ता कायम रहेको भक्तपुर जिल्ला बागेश्वरी गाविस वडा नं. ८ ख को कित्ता नं. ६५ को १ रोपनी ४ आना जग्गा लिलामी गर्न लागेको हो ।

गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडलाई सरकारले २०८१ असार ६ गते समस्याग्रस्त सहकारी घोषणा गरेको थियो ।

No description available.

Advertisment

थप समाचार