Below Menu
Below Menu

सरकारी खातामा ३१२ अर्ब नगद मौज्दात, क्यास सर्कुलेशन साढे नौं अर्बले घट्यो 

सरकारी खातामा ३१२ अर्ब नगद मौज्दात, क्यास सर्कुलेशन साढे नौं अर्बले घट्यो 

काठमाडौं : चालु आर्थिक वर्षको साउन महिनामा सरकारी खातामा ३ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यो रकम सरकारले खर्च गरेर बाँकी रहेको रकम हो ।

एक महिनाको अवधिमा सरकारी खाताबाट साढे ४३ अर्ब रुपैयाँ निक्षेप घटेको छ । गत असार मसान्तसम्म तीन खर्ब ५५ अर्ब ४५ करोड रुपैयाँ रहेको उक्त रकम ४३ अर्ब ४५ करोड रुपैयाँले घटेको हो ।

यस अवधिमा सरकारी ढुकुटीमा साढे एक खर्ब निक्षेप रहेको जनाएको छ । यस अवधिमा विभिन्न बैंकहरुमा रहेको सरकारी खातामा कूल एक खर्ब ६६ अर्ब ६९ करोड २ लाख रुपैयाँ निक्षेप रहेको बैंकले राष्ट्र बैंकले जनाएको हो । 

२०८१ असारसम्म यस्तो निक्षेप जम्मा ६३ अर्ब ९५ करोड ३३ लाख रुपैयाँ मात्र रहेको थियो । उक्त रकम चालु आवको साउन मसान्तसम्म आइपुग्दा एक खर्ब २ अर्ब ७३ करोड ६८ लाख रुपैयाँले बढेको छ । 

यस अवधिमा सरकारको सरप्लस मौज्दात शुन्य रहेको छ । राष्ट्र बैंकका अनुसार साउन मसान्तसम्म वित्तीय बजारमा क्यास सर्कुलेशन १.४४ प्रतिशतले घटेको छ । 

असार मसान्तमा ६ खर्ब ८० अर्ब ४ करोड ८८ लाख रुपैयाँ रहेको क्यास सर्कुलेशन यस अवधमिा आइपुग्दा ९ अर्ब ८४ करोड ६६ लाख रुपैयाँले घटेर ६ खर्ब ७० अर्ब २० करोड २१ लाख रुपैयाँ पुगेको हो । 

साउन मसान्तसम्म राष्ट्र बैंकको रिजर्भमा ५ खर्ब ८८ अर्ब ५७ करोड ४७ रुपैयाँ रहेको छ । २०८१ असारसम्म रिजर्भमा ५ खर्ब ७२ अर्ब ७ करोड ९५ लाख रुपैयाँ थियो । आईएमएफसँग सम्बन्धित दायित्व ३९ अर्ब २२ करोड ६१ लाख रुपैयाँ रहेको छ ।

त्यसैगरी राष्ट्रिय ढुकुटीमा नेपालको सम्पत्ति ३७ अर्ब ५१ करोड ९७ लाख रुपैयाँले बढेको छ । राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम २० खर्ब ५६ अर्ब ५३ करोड ९९ लाख रुपैयाँ रहेको यस्तो सम्पति चालु आवमा आइपुग्दा १.८२ प्रतिशतले बढेर २० खर्ब ५६ अर्ब ५३ करोड ९९ लाख रुपैयाँ पुगेको छ ।
 


 

Advertisment

थप समाचार