काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दुई जलविद्युत कम्पनीको दश लाख कित्ता बढी बोनस शेयर सुचीकृत भएको छ ।
मंगलबार नेप्सेले मैलुङ खोला जलविद्युत कम्पनी र सिइडिबि हाइड्रोपवर डेभलपमेन्टको १० लाख ५ हजार ११९ दशमलव २४ कित्ता बोनस सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार मैलुङ खोला जलविद्युत कम्पनीको २.२२११ प्रतिशत बोनसपछिको ८१ हजर ७६८ दशलमव २४ कित्ता शेयर सूचीकृत भएको छ ।
त्यस्तै सिइडिबि हाइड्रोपवर डेभलपमेन्ट कम्पनीको ११ प्रतिशत बोनसपछिको ९ लाख २३ हजार ३५१ कित्ता शेयर सूचीकृत गरेको नेप्सेले जनाएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।
Advertisment