काठमाडौं : गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले सरकारलाई ३० अर्ब भन्दा बढी आयकर तिरेका छन् । बैंकहरुले सार्वजनिक गरेको असार मसान्तसम्मको रिपोर्ट अनुसार नाफापावत ३० अर्ब २१ करोड ८ लाख १२ हजार आयकर बुझाएका हुन् ।
उक्त रकम अघिल्ल्लो वर्षको तुलनामा १७.०७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकहरुले आम्दानी वापत सरकारलाई २५ अर्ब ६४ करोड ४८ लाख ५२ हजार आयकर बुझाएका थिए ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष ११ वटा बैंकको आयकर बढेको छ भने अन्य बैंकले तिर्ने आयकर घटेको छ । बैंकहरुको आम्दानी घट्दा सरकारलाई तिर्ने राजस्वमा कमी आएको हो ।
यस अवधिमा सबैभन्दा बढी आयकर तिर्नेमा नबिल बैंक रहेको छ । बैंकले गत वर्षको आम्दानीबाट सरकारलाई २ अर्ब ९६ करोड ५९ लाख रुपैयाँ कर तिरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ५.८१ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकले २ अर्ब ८० करोड ३० लाखद रुपैयाँ कर तिरेको थियो ।
त्यस्तै गरी यस अवधिमा ग्लोबल आईएमई बैंकले २ अर्ब ५७ करोड ४ लख रुपैयाँ कर तिरेको छ । उक्त रकम अघिल्लो वर्षको तुलनामा भने ७.८१ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ आयकर तिरेको थियो ।
प्रकाशित रिपोर्ट अनुसार यस अवधिमा प्रभु बैंकले २ अर्ब ४१ करोड १४ लाख, सिद्धार्थ बैंकले एक अर्ब ३८ करोड २१ लाख, लक्ष्मी सनराइजले एक अर्ब २३ करोड ५७ लाख र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एक अर्ब ४१ करोड ६ लाख रुपैयाँ कर तिरेका छन् ।
रकम रु हजारमा

Advertisment