Below Menu
Below Menu

अभिकर्ता कमिसनमा खर्चिए बीमा कम्पनीले पौने १४ अर्ब !

अभिकर्ता कमिसनमा खर्चिए बीमा कम्पनीले पौने १४ अर्ब !

काठमाडौं : बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा बीमा अभिकर्ता कमिशनमा पौने १४ अर्ब रुपैयाँ खर्चिएका छन् । हाल सञ्चालनमा रहेका २८ बीमा कम्पनीहरुले असार मसान्तसम्म अभिकर्ता कमिशन वापत १३ अर्ब ७६ करोड ६९ लाख रुपैयाँ खर्चिएका हुन् ।

उक्त रकम अघिल्लो वर्षको सोही अवधिका तुलनामा ५.६९ प्रतिशत अर्थात ७४ करोड २२ लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा बीमा कम्पनीहरुले अभिकर्ता कमिशनका लागि १२ अर्ब २ करोड ४६ लाख रुपैयाँ खर्च गरेका थिए ।

असार मसान्तसम्मको वित्तीय रिपोर्ट अनुसार जीवन बीमा कम्पनीहरुले १३ अर्ब १२ करोड ६५ लाख रुपैयाँ अभिकर्ताका लागि खर्च गरेका छन् भने निर्जीवन बीमा कम्पनीहरुले अभिकर्ता कमिशनमा ६४ करोड ३ लाख रुपैयाँ खर्च गरेका छन् । यस अवधिमा अधिकांश कम्पनीहरुले यस्तो खर्च बढाएका छन् । 

छ जीवन बीमा कम्पनीले घटाए कमिशन खर्च 

गत वर्ष अभिकर्ता कमिशनमा साढे १३ अर्ब रुपैयाँ खर्चिएका बीमा कम्पनीहरुमध्ये ६ कम्पनीले यस्तो खर्च घटाएका छन् । जसमा रिलायबल नेपाल लाइफले ४.३४ प्रतिशत, आइएमई लाइफले ०.९० प्रतिशतले यस्तो खर्च घटाएको छ ।

त्यसैगरी असार मसान्तसम्म लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता कमिशन वापत सबैभन्दा बढी एक अर्ब ३९ करोड ४१ लाख रुपैयाँ खर्च गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २.८७ प्रतिशतले कम हो । त्यस्तै सिटिजन  लाइफले पनि अभिकर्ता कमिशन वापतको खर्च १०.२० प्रतिशतले घटाएको छ ।

त्यसैगरी यस अवधिमा अभिकर्ता कमिशनको खर्च बढाउनेमा सरकारी कम्पनीसहित अन्य कम्पनीहरु रहेका छन् । यस अवधिमा राष्ट्रिय बीमा कम्पनी, नेशनल लाइफ, सानिमा रिलायन्स लाइफ, प्रभु महालक्ष्मी लाइफ र सूर्यज्योति लाइफ रहेका छन् । 

उक्त कम्पनीको यस्तो खर्च क्रमशः १.८४ प्रतिशत, १५.८५ प्रतिशत, ४९.८८ प्रतिशत र ७२.५५ प्रतिशत र १४.२२ प्रतिशतले बढेको हो । 

निजीवन बीमा कम्पनीको कमिशन खर्च ८.७८ प्रतिशत बढ्यो 

यता निर्जिवन बीमा कम्पनीहरुले पनि अघिल्लो वर्षको तुलना अभिकर्ता कमिशन वापतको खर्च ८.७८ प्रतिशतले बढाएका छन् ।
अघिल्लने वर्ष ५८ करोड ८६ लाख रुपैयाँ अभिकर्ता कमिसनका लागि खर्चिएका कम्पनीले गत वर्ष ६४ करोड ३ लाख रुपैयाँ खर्चिएका छन् । यस अवधिमा ६ कम्पनीले यस्तो खर्च बढाएका छन् भने आठ कम्पनीले घटाएका छन् ।

प्रकाशित वित्तीय रिपोर्ट अनुसार यस अवधिमा नेपाल इन्स्योरन्सले सबैभन्दा बढी १९.६८ प्रतिशतले कमिसन खर्च घटाएको छ भने नेको इन्स्योरेन्सले १६.८३ प्रतिशतले घटाएको छ । त्यस्तै, हिमालन एभरेष्ट इन्स्योरेन्सले ११.१८ प्रतिशतले कमिसन खर्च घटाएको छ ।

यस अवधिमा शिखर इन्स्योरेन्सले सबैभन्दा बढी १०४.५९ प्रतिशतले कमिसन खर्च बढाएको छ भने आईजीआई प्रुडेसिन्सयलले २५.८७ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीले ३४.३३ प्रतिशत र ओरियन्टल इन्स्योरेन्सले १८.७३ प्रतिशतले यस्तो खर्च बढाएका छन् ।

बीमा कम्पनीका अभिकर्ताले बीमालेख बिक्री गरेवापत कमिसन पाउने गर्छन् । जीवन बीमा कम्पनीमा अभिकर्ताहरुले पहिलो वर्ष प्रिमियमको २५ प्रतिशत, दोस्रो वर्ष १५ प्रतिशत, त्यसपछि ८ वर्षसम्म प्रिमियमको ५ प्रतिशतका दरले कमिसन प्रदान गरिन्छ ।

बीमा अभिकर्ताले पाउने कमिसन उनीहरुले बिक्री गरेको पोलिसीको प्रकार र त्यसको संख्याको आधारमा निर्धारण हुने गर्छ । 


 

Advertisment

थप समाचार