Below Menu
Below Menu

स्वास्थ्य बीमा बापतको करिब ५५ अर्ब दाबी भुक्तानी ! 

स्वास्थ्य बीमा बापतको करिब ५५ अर्ब दाबी भुक्तानी ! 

काठमाडौं : स्वास्थ्य बीमा बोर्डले हालसम्म स्वास्थ्य बीमा बापतको करिब ५५ अर्ब रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रम शुरु भएदेखि हालसम्म बीमा वापतको ५४ अर्ब ९९ करोड ९ लाख ३३ हजार ३१३ रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको हो ।

गत वर्षमा मात्रै बोर्डले साढे १२ अर्ब रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । बोर्डले यस अवधिमा छैठौंँ पटक गरी १२ अर्ब ६१ करोड ८० लाख ९७ हजार ३१३ रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।

असार ११ गतेको बोर्डको निर्णय अनुसार स्वास्थ बीमा कार्यक्रम सञ्चालन गरेका सेवा प्रदायक केन्द्रहरुमा छैंटौं पटकको भुक्तानी पठाएको हो । बोर्डले छैटौं पटकमा २ अर्ब १८ करोड २९ लाख ९६ हजार १७३ रुपैयाँ दाबी भुक्तानी पठाएको हो ।

यस अघि चैत २८ गतेको बोर्डको निर्णय अनुसार स्वास्थ बीमा कार्यक्रम सञ्चालन गरेका सेवा प्रदायक केन्द्रहरुमा पाँचौ पटकको भुक्तानी पठाएको थियो । बोर्डले पाँचौ पटकमा तीन अर्ब ९४ करोड ४६ लाख ४७ हजार ९२८ रुपैयाँ दाबी भुक्तानी पठाएको हो ।

त्यस्तै फागुन ८ गतेको बोर्डको निर्णय अनुसार चौथो पटकमा एक अर्ब ५६ करोड ४६ लाख ८८ हजार १३५ रुपैयाँ दाबी भुक्तानी पठाएको हो । बोर्डको  पुस ६ गते निर्णय अनुसार तेस्रो पटकमा एक अर्ब ७६ करोड ५३ लाख ६९ हजार ९६८ रुपैयाँ दाबी भुक्तानी पठाएको थियो ।

त्यसैगरी कात्तिक १९ गतेको निर्णय अनुसार दोस्रो पटक एक अर्ब ६९ करोड ६५ लाख ४३ हजार ५१८ रुपैयाँ दाबी भुक्तानी पठाएको थियो । असोज २ गते बसेको बोर्डको निर्णय अनुसार प्रथम पटक एक अर्ब ४६ करोड ३८ लाख ५१ हजार ५१९ रुपैयाँ दावी भुक्तानी पठाएको थियो ।

बोर्डका अनुसार हालसम्म सात प्रदेशका ३४९ वटा सेवा प्रदायक संस्थाहरुले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेका छन् ।
 

Advertisment

थप समाचार