साहस उर्जाको ‘लक इन’ अवधि असोज १६ गते सकिने, पौने तीन करोड कित्ता शेयर थपिदै

साहस उर्जाको ‘लक इन’ अवधि असोज १६ गते सकिने, पौने तीन करोड कित्ता शेयर थपिदै

काठमाडौं : साहस उर्जा लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) असोज १६ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुका लागि छुट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।

कम्पनीले २०७८ असोज १७ गते कम्पनीका संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुका लागि २ करोड ८२ लाख १० हजार कित्ता शेयर बाँडफाँट गरी तिन वर्षका लागि लकइनमा राखेको थियो । उक्त शेयरको लाकइन पिरियड खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ । लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ ।

कम्पनीले संस्थापक शेयरधनीहरुको २ करोड ४५ लाख, स्थानीय बासिन्दाका ३५ लाख कित्ता र कर्मचारीहरुलाई सुरक्षित गरिएको २ लाख १० हजार कित्ता शेयर बाँडफाँट गरेको थियो । लक इन अवधि सकिएपछि कम्पनीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।

थप समाचार