एनएमबी बैंकले तीन अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने 

एनएमबी बैंकले तीन अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने 

काठमाडौं : एनएमबी बैंक लिमिटेडले अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने भएको छ । बैंकको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले तीन अर्ब रूपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने यस्तो निर्णय गरेको हो । 

बैठकले आर्थिक वर्ष ०८१/८२ को आगामी वार्षिक साधारण सभा तथा नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएमा १०० रूपैयाँ दरकातीन करोड इकाई अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको छ । 

बैंकले ८.२५ प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने गरी कुनै पनि सुरक्षण नराखी व्यक्तिगत तवरबाट संस्थागत लगानीकर्ताहरूका लागि मात्र यो अग्राधिकार शेयर जारी गर्ने भएको हो ।