Below Menu
Below Menu

सहकारीलाई कर्जा सूचना केन्द्रमा जोड्न राष्ट्र बैंक सकारात्मक

सहकारीलाई कर्जा सूचना केन्द्रमा जोड्न राष्ट्र बैंक सकारात्मक

काठमाडौं : नेपाल राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारीले आफू सहकारी अभियानप्रति सकारात्मक रहेको बताएका छन् । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लको नेतृत्वको टोलीसँगको भेटमा सबै सहकारी समस्यामा नरहेको बताउँदै अभियानलाई मजबुद बनाउनका लागि नेपाल राष्ट्र बैंक सकारात्मक रहेको बताए । 

महासंघका अध्यक्ष ओमदेवी मल्लले बचत तथा ऋणको कारोबार गर्ने सहकारीको नियमनका लागि दोस्रो तहको नियामकिय निकाय, कर्जा सूचना केन्द्र र सहकारीले गर्ने लघुवित्तको विषयमा गभर्नरसँग छलफल भएको बताईन । गर्भनरले दोस्रो तहको नियामकीय निकायका लागि राज्यले लगानी गर्न जरुरी रहेको उनले बताईन ।

गभर्नर अधिकारीले त्यस्तो नियामकियले निकाय फाइनान्सिङ समेत गरेर सहयोग गर्ने, संस्था विग्रन लाग्दा व्यवस्थापन समेत जिम्मेवारी लिएर बचकर्ताको बचतको सुरक्षण गर्ने गरी आउनु पर्ने बताए । महासंघका अध्यक्ष मल्लले विद्यमान कर्जा सूचना केन्द्रमा नै सहकारीलाई समेत समेट्नका लागि अनुरोध गरेकी थिईन। सो विषयमा अधिकारीले सकारात्मक संकेत दिएको अध्यक्ष मल्लले बताईन ।

गभर्नरले नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त वित्तीय संस्थाबाहेक लघुवित्त कार्यक्रमका नामबाट अन्य कुनै पनि संस्थाले लघुवित्त सम्बन्धी कारोबार गर्न नपाइने व्यवस्था गर्न सिफारिस भएको विषयमा समेत स्पष्ट पारेका थिए । सहकारीको हकमा यो लागू नहुने बताउँदै गभर्नरले सहकारीको प्रकृति नै सदस्यलाई समूह बनाएर लघुवित्तको कार्यक्रम गर्ने भएकाले सहकारीलाई लघुवित्त गर्न अवरोध नहुने धारणा राखेको महासंघका अध्यक्ष मल्लले बताईन ।

भेटमा महासंघका पूर्व अध्यक्ष केशव बडाल, महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेल, महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा सहभागी थिए ।

Advertisment

थप समाचार