काठमाडौं : सन् २०२४ को आठ महिनामा सवा सात लाख बढी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका यस अवधिमा विभिन्न देशका ७ लाख २० हजार ३३४ विदेशी पर्यटक नेपाल आएका हुन् ।
बोर्डका अनुसार एक महिना अर्थात अगस्टमा ७२ हजार ७१९ विदेशी पर्यटन नेपाल भित्रिएका हुन् । उक्त संख्या सन् २०२३ को सोहि अवधिको तुलनामा ८.२९ प्रतिशत बढी हो । गत वर्षको अगस्टमा ६७ हजार १५३ जना विदेशी पर्यटक नेपाल आएका थिए ।
बोर्डका अनुसार सन् २०२२ को अगस्टमा ४१ हजार ३०४ जना, सन् २०२१ मा ६ हजार ९३ जना, सन् २०२० मा २६७ जना र सन् २०१९ मा ९४ हजार ७४९ जना पर्यटक भित्रिएका थिए ।
सन् २०२४ को जनवरीमा ७९ हजार १००, फेब्रअरीमा ९७ हजार ४२६ मार्चमा १ लाख २८ हजार १६७, अप्रिलमा १ लाख ११ हजार ३७६, मे मा ९० हजार २११, जुनमा ७६ हजार ७३६, जुलाईमा ६४ हजार ५९९ विदेशी र अगस्टमा ७२ हजार ७१९ पर्यटक नेपाल भित्रिएका हुन् ।
सन् २०२४ को अगस्टमा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् यस अवधिमा भारतबाट २५ हजार ८३२ जना नेपाल आएका हुन् ।
त्यस्तै सोही अवधिमा चीनबाट ६ हजार ६१४ जना, अमेरिकी पर्यटक ५ हजार ६१४ जना, बंगलादेशबाट ३ हजार ७७ जना र युकेबाट २ हजार ७६४ जना पर्यटक नेपाल आएका छन् ।
त्यसैगरी अगस्टमा भुटानबाट एक हजार २०७, अष्ट्रेलियाबाट एक हजार ९०१, जापानबाट एक हजार ७४ जना, श्रीलंकाबाट ४ हजार ८५१, साउथ कोरियाबाट एक हजार ६२ जना र मलेसियाबाट एक हजार २८७ जना विदेशी पर्यटक नेपाल आएको पर्यटन बोडले जनाएको छ ।
