Below Menu
Below Menu

निर्जीवन बीमा कम्पनीको व्यापार ६ प्रतिशतले बढ्यो, साउनमा उठाए चार अर्ब बढी बीमाशुल्क 

निर्जीवन बीमा कम्पनीको व्यापार ६ प्रतिशतले बढ्यो, साउनमा उठाए चार अर्ब बढी बीमाशुल्क 

काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा सवा चार अर्बको बीमा व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा कम्पनीहरुले २ लाख २१ हजार ७१ बीमालेख बिक्री गरी ४ अर्ब २६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

उक्त रकम गत आवको सोही अवधिको तुलनामा ६.८७ प्रतिशत अर्थात २७ करोड ४२ लाख रुपैयाँले बढी हो । गत वर्ष कम्पनीहरुले २ लाख १३ हजार ८०३ बीमालेख बिक्री गरी ३ अर्ब ९८ करोड ५८ लाख रुपैयाँको व्यापार गरेका थिए

प्राधिकरणका अनुसार यस अवधिमा सर्वाधिक बीमा व्यवसाय गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको कम्पनीले यस अवधिमा २४ हजार २३ बीमालेख बिक्री गरी ६३ करोड १५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो । 

त्यसैगरी दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीले साउनमा २५ हजार ११ बीमालेख बिक्री गरी ४५ करोड ३२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो । त्यस्तै, यस अवधिमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले १८ हजार ७०७ बीमालेख बिक्री गरी ३२ करोड ६० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । 

चालु आवको साउन महिनामा नेपाल इन्स्योरेन्स कम्पनीले २८ करोड ८६ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ भने दि ओरियन्टल इन्स्योरेन्सले २९ करोड १० लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीले २५ करोड ४६ लाख रुपैयाँ बराबरको बीमाशूल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

त्यसैगरी यस अवधिमा नेशनल इन्स्योरेन्स कम्पनीले २२ करोड ७६ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्र्जन गर्दा नेको इन्स्योरेन्सले ३१ करोड ८८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, यस अवधिमा शिखर इन्स्योरेन्सले २६ हजार १०९ बीमालेख बिक्री गरी ३६ करोड ८८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

बीमा प्राधिकरणका अनुसार साउन महिनामा प्रभु इन्स्योरेन्सले १० करोड ५४ लाख, एनएलजीले २४ करोड ९८ लाख, सानिमा जिआईसीले १८ करोड ३९ लाख, आईजीआई प्रुडेसिन्यलले ३० करोड ६२ लाख र युनाइडेड अजोड इन्स्योरेन्सले २५ करोड ४१ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । 

लघु बीमाको व्यापार ५ करोडमाथि 

प्राधिकरणका अनुसार यस अवधिमा सञ्चालनमा रहेका चार लघुबीमा कम्पनीले ५ करोड भन्दा माथिको व्यवसाय गरेका छन् । कम्पनीहरुले २० हजार २४३ बीमालेख जारी गरी ५ करोड १६ लाख ११ हजार रुपैयाँ बीमाशुल्क उठाएका हुन् । 

चालु आवको साउनमा नेपाल माइक्रो इन्स्योरेन्सले सबैभन्दा बढी एक करोड ३८ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । त्यस्तै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले एक करोड ३६ लाख, स्टार माइक्रोले एक करोड १८ लाख र ट्रस्ट माइक्रो इन्स्योरेन्सले १ करोड २२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

Advertisment

थप समाचार