Below Menu
Below Menu

ट्रेजरीमार्फत १८ अर्बबढी आन्तरिक ऋण उठाउँदै सरकार, आजै बोलकबोल  

ट्रेजरीमार्फत १८ अर्बबढी आन्तरिक ऋण उठाउँदै सरकार, आजै बोलकबोल  

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १८ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार (आज) १८ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।

कार्यालयले ५ अर्ब रुपैयाँ बराबरको २८ दिने, ६ अर्ब ४ करोड ५० लाख  रुपैयाँ बराबरको ९१ दिने, दुई अर्ब रुपैयाँ बराबरको ३६४ दिन अवधिको ट्रेजरी बिल नविकरण गर्न लागेको हो । यसका साथै कार्यालयले ५ अर्ब रुपैयाँ बराबरको १८२ दिन अवधिको नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो । 

कार्यालयका अनुसार २८ दिन अवधिको ट्रेजरी असोज १५ गते ९१ दिन अवधिको ट्रेजरी मंसिर १८ गते, १८२ दिन अवधिको ट्रेजरी फागुन २० गते र ३६४ दिन अवधिको ट्रेजरी २०८२ भदौ १७ गते परिपक्क हुनेछ । उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो ३ बजे हुनेछ । मंगलबार बाँडफाँट हुनेछ ।

यसअघि गत भदौं ९ गते कार्यालयले १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो । 

Advertisment

थप समाचार