Side Logo
Below Menu

हवाई भाडा घट्यो, कुन गन्तव्यमा कति ? (सूचीसहित)

हवाई भाडा घट्यो, कुन गन्तव्यमा कति ? (सूचीसहित)

काठमाडौं : नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा समेत घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुधबारदेखि लागु हुने गरी नयाँ भाडादर कायम भएको छ ।

प्राधिकरणले काठमाडौंबाट छोटो दुरीमा रहेको सिमरामा ४५ रुपैया र काठमाडौंबाट नेपालगञ्जको २६५ रुपैयाँसम्म घटेको छ । निगमले शनिबार हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ घटाएको थियो । 

नयाँ भाडादर अनुसार काठमाडौंबाट माउन्टेन फ्लाइटमा १७०, भद्रपुरमा १५० रुपैयाँ, विराटनगरमा १२०, जनकपुरमा ६५, पोखरामा ८०, भरतपुर ५०, पोखरा ८० रुपैयाँ र भैरहवामा १०५ रुपैयाँ भाडा कम लाग्ने छ ।

क्यानका अनुसार लागि इन्धनको लागत घट्दा हवाई भाडा नेपालगन्जमा १६५, धनगढीमा २२०, तुम्लिङटारमा ९०, सिमरामा ४५, सुर्खेतमा १७५, राजविराजमा १०० रुपैयाँले घटेको छ ।

 

 

 

Sponsored Advertisment

Advertisment