Below Menu
Below Menu

चार हाइड्रोपावर कम्पनीले बोलाए साधारणसभा, आईपीओदेखि मर्जरसम्मका एजेन्डा  

चार हाइड्रोपावर कम्पनीले बोलाए साधारणसभा, आईपीओदेखि मर्जरसम्मका एजेन्डा  

काठमाडौं : विभिन्न चार हाइड्रोपावर कम्पनीले साधारणसभा बोलाएका छन् । कम्पनीहरुले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ), हकप्रद जारी गर्ने र मर्जर प्रस्तावसहित साधारणसभा बोलाएका हुन् । 

कर्णाली जलस्रोत लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । भदौ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ जारी गर्ने प्रस्तावसहित असोज १२ गते वार्षिक साधारण सभा बोलाएको हो । 

उक्त सभा ए–वान क्याफे एण्ड बैंकेट काठमाडौंमा दिउँसो ११ बजे हुनेछ । सभाले आईपीओ निष्कासन गर्ने प्रस्तावसँगै आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्ने,चालु आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती गर्ने प्रस्ताव पारित गर्नेछ । 

त्यस्तै ङादी ग्रुप पावर कम्पनीले असोज १३ गते एघारौं वार्षिक साधारणसभा बोलाएको छ । भदौ १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मर्जर र हकप्रद जारी गर्ने प्रस्तावसहित साधारण सभा गर्ने निर्णय गरेको हो । 

उक्त सभा लर्ड पाटी भेन्यु धुम्बाराही चोक काठमाडौंमा बिहान ९ बजे हुनेछ । सभाले हकप्रद जारी गर्ने प्रस्तावसँगै आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्ने, चालु आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती गर्ने प्रस्ताव पारित गर्नेछ । 

यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र नियमावली संशोधन गर्ने, एक आपसमा गाम्ने गाभिने तथा प्राप्ति गर्ने र कम्पनीको प्रबन्धपत्र नियमावलीमा नियामक निकायबाट कुनै फेरबदल, संशोधन थपघट गर्नुपर्ने सुझाव प्राप्त भएमा तथा कम्पनी गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । 

साधारणसभा प्रयोजनका लागि कम्पनीले भदौ ३१ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । जस अनुसार भदौ ३० गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् 

त्यसैगरी बरुण हाइड्रोपावर कम्पनीले असोज १३ गते, आईतबार २१ औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले कम्पनीको प्रबन्धपत्र, नियमावली संशोधन गर्ने, गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, हकप्रद शेयर अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २ गते बुकक्लोज गर्ने भएको छ । जस अनुसार भदौ २१ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् । 

मोलुङ्ग हाइड्रोपावर कम्पनीले असोज १८ गते शुक्रबार १४ औँ र १५ औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा बाघभैरव ब्याङक्वेट, नगाउँ दोबाटो, कीर्तिपुर काठमाडौँमा बिहान ९ बजे शुरु हुनेछ ।

सभाले प्रबन्धपत्रको दफा ६ को घ, ङ, च, छ संशोधन गर्ने, नियमावलीको नियम २७ को उपनियम ४ पछि ५ थप गर्ने, कम्पनीले उपयोग गरिरहेको कर्जा सुविधा कम ब्याजदर भएको बैंक तथा वित्तीय संस्थासँग सम्झौता गरी कर्जा स्वाप गर्न सञ्चालन समितिलाई अख्तियारी दिने र संस्थापक समूहबाट ४ र सर्वसाधारण समूहबाट १ महिलासहित २ जना सञ्चालकको निर्वाचन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले लेखापरीक्षक नियुक्त गर्ने र गत दुई आर्थिक वर्षको वित्तीय विवरण पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागिकम्पनीले असोज २ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जसअनुसार भदौ ३१ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन पाउनेछन् । 


 

Advertisment

थप समाचार