काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकले विदेशमा अध्ययन गर्न जान चाहनेहरुका लागि ‘आरबीबी शैक्षिक कर्जा योजना’ सार्वजनिक गरेको छ । बैंकले ‘पढाईको लागि पैसा, नो टेन्सन’ भन्ने थिमसहित उक्त योजना सार्वजनिक गरेको हो ।
बैंकका अनुसार उक्त कर्जा योजनामा ५ लाखदेखि १ करोडसम्म कर्जा पाइने व्यवस्था रहेको छ । पहिलो किस्ता रकम सोझै कलेज वा अध्ययन गर्ने संस्थाको नाममा पठाउन सकिने र अध्ययन गर्नका लागि लाग्ने सम्पूर्ण शैक्षिक खर्च तथा शुल्कको ८० प्रतिशतसम्म कर्जा पाइने बैंकले जनाएको छ ।
Advertisment