Below Menu
Below Menu

जीवन बीमा कम्पनीको व्यापार साढे १८ अर्बमाथि, अर्ब क्लबमा पाँच कम्पनी 

जीवन बीमा कम्पनीको व्यापार साढे १८ अर्बमाथि, अर्ब क्लबमा पाँच कम्पनी 

काठमाडौं : जीवन बीमा कम्पनीहरुको चालु आर्थिक वर्षको पहिलो साउन महिनामा साढे १८ अर्ब रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन् । कम्पनीहरुले यस अवधिमा १८ अर्ब ५३ करोड ७९ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार कम्पनीहरुले ३ लाख २२ हजार ७८६ बीमालेख बिक्री गरी उक्त रकम बराबरको शुल्क संकलन गरेका हुन् । उक्त रकम गत आवको सोही अवधिको तुलनामा ५.४४ प्रतिशत अर्थात एक अर्ब ६ करोड ८४ लाख रुपैयाँले कम हो । 

गत आवको साउन मसान्तसम्म कम्पनीहरुले ८ लाख ३२ हजार ७५९ बीमालेख बिक्री गरी १९ अर्ब ६० करोड ६३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । 

अर्ब क्लबमा पाँच कम्पनी 

चालु आवको साउन महिनामा नेपाल लाइफ इन्स्योरेन्ससहित पाँच कम्पनीले अर्ब भन्दामाथिको कारोबार गरेका छन् । यस अवधिमा नेपालल लाइफले ५१ हजार ९८४ बीमालेख बिक्री गरी ५ अर्ब ७१ करोड ६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो । गत वर्ष कम्पनीले २० हजार २७० बीमालेख बिक्री गरी ५ अर्ब २२ करोड ३८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

प्राधिकरणको तथ्यांक अनुसार नेशनल लाइफले ४५ हजार ४० बीमालेख जारी गरी २ अर्ब २६ करोड ५४ लाख रुपैयाँ बीमाशुृल्क संकलन गरेको छ । त्यस्तै लाइफ इन्स्योरेन्स कम्पनीले दुई अर्ब ७ करोड ८० लाख, सूर्यज्योति लाइफले एक अर्ब १२ करोड ९३ लाख र हिमालयन लाइफले एक अर्ब ९३ करोड ३८ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् । 

अन्य कम्पनीको व्यापार

यस अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीले ४६ करोड ८८ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने मेट लाइफले ५० करोड ५५ लाख, एशियन लाइफले ९२ करोड ७३ लाख, आईएमई लाइफले ५४ करोड २७ लाख र र सन नेपाल लाइफले ४४ करोड ८७ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । 

यस अवधिमा रिलायबल नेपाल लाइफले ४९ करोड ९७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । त्यस्तै सिटिजन लाइफले ७६ करोड ४१ लाख, सानिमा रिलायन्सले ६७ करोड ५९ लाख र प्रभु महालक्ष्मी लाइफले ५८ करोड ७४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् । 

लघुबीमाको व्यापार साढे तीन करोड 

प्राधिकरणका अनुसार यस अवधिमा सञ्चालनमा रहेका तीन लघु जीवन बीमा कम्पनीहरुले साढे तीन करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले २ लाख ४१ हजार ९९७ बीमालेख जारी गरी ३ करोड ७० लाख रुपैयाँ बराबरको बीमाशुल्क उठाएका हुन् । 

यस अवधिमा गार्डियन माइक्रो लाइफले एक करोड ८८ लाख ४१ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने केष्ट माइक्रो लाइफले एक करोड २९ लाख र लिवर्टी माइक्रो लाइफले ५१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ ।
 

Advertisment

थप समाचार