काठमाडौं : एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १५.५३ प्रतिशत लाभांश दिने घोषण गरेको हो ।
बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस र सोको कर प्रयोजनका लागि ५.५३ प्रतिशत नगद लाभांश दिने भएको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी बैंकको साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।
Advertisment