काठमाडौं : माण्डु हाइड्रोपावरले कम्पनीले असोज १४ गते साधारण सभा बोलाएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न तेह्रौँ वार्षिक साधारणभा बोलाएको हो ।
उक्त सभा नेपा बैंक्वेट, नयाँ बजार, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने १६ करोड ३६ लाख ३६ हजार ४४० रुपैयाँ बराबरको नगद लाभांश प्रचलित कानून बमोजिम कर कट्टी गरी वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
त्यसका साथै सभाले चुक्ता पूँजीलाई कम्पनी रजिष्टर्ड कार्यालयमा अध्यावधिक गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ ३१ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जसअनुसार भदौ ३० गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।
Advertisment